المدة الزمنية 4:27

१८ बर्ष पछि धनकुटामा पर्यो हिउँ : जितपुर ,पाख्रीबास, हिले, जोरपाटी र सिँधुवा हिउले ढपक्कै ढाकिए

بواسطة Nabodit TV
86 مشاهدة
0
1
تم نشره في 2018/12/29

धनकुटामा एक्कासी परेको हिउँका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको करिब १५ सय मिटर माथिका अधिकांश स्थानमा हिउँ परेको छ । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेदेखि हिले, जोरपाटी, सिँधुवा, चित्रे, जितपुर पाख्रिवाससम्मको भाग हिउँले ढाकिएको छ । खाली डाँडा हिउँले ढाकिएर सेताम्मे बनेका छन् । निगाले पाख्रिवासलगायतका स्थानमा करिब दुइ दशकपछि हिउँ परेको हो ।यता हिले, जोरपाटी, सिदुवालगायतका स्थानमा भने करिब एक दशकपछि हिउँ परेको स्थानीय बताउँछन् ।हिउँ परेसँगै उच्च क्षेत्रका बासिन्दा खुशी भएका छन् । हिउँले माटो मलिलो बनाउने र बालीनाली सप्रिने किसानहरु बताउँछन् ।अहिले हिउँ परेपछि यस क्षेत्रमा आवात जावत बाक्लिएको छ । धरान, धनकुटा बजार देखि मान्छेहरु हिउ खेल्न आएका छन ।शनिबार बिहान ६ बजेको हिलेको तापक्रम १ डिग्री सेल्सियस, सिँधुवाको २ डिग्री सेल्सियस रहेको छ। #Snowfall_at_Dhankuta #winter_STARTED #Nabodit_TV

الفئة

عرض المزيد

تعليقات - 0