المدة الزمنية 48:1

PRIME TIME NEWS_8 PM_2078_09_05 - NEWS24 TV

بواسطة News24 Nepal
2 609 مشاهدة
0
70
تم نشره في 2021/12/20

वर्षायाममा गएको यस वर्षको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची आयोजना अझैसम्म बनिसकेको छैन । आयोजना क्षतिग्रस्त भएकाले बन्न त समय लाग्नु स्वाभाविक हो, तर बनाउने पहल नै पर्याप्त नहुनु भने वास्तविक समस्या बनेको छ । यतिबेला उपत्यकाबासीले खानेपानीको समस्या भोग्नुपर्ने स्थिति बनिसकेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागको एक तिहाइ मात्रै पानी वितरण गरिरहेको छ । सुख्खायाम सुरु हुन थालेसँगै दैनिक जीवनमा नभइ नहुने पानीको अभाव व्यहोर्नु पर्ने बाध्यता बढिरहेको छ । यसले फेरि विगतमा जस्तै ट्ंयाकर र जारको पानीको कारोबारलाई प्रश्रय दिने अवस्था बनेको छ । सरकार भने मेलम्ची आयोजनाको कामलाई विल्कुलै बेवास्ता गरिरहेको छ । अर्थ मन्त्रालयले पूँजीगत खर्च बढाउन नसकेर हैरानी व्यहोरिरहेको छ, तर यस्ता आयोजनाको काम अलपत्र पर्नुले अर्थतन्त्रलाई असर पर्नुका साथै जनजीवन समेत प्रभावित बनेको तथ्य नजरअन्दाज गर्न मिल्छ ? यो प्रश्नले सत्तामा बसेकाहरुसँग उत्तर मागिरहेको छ। यता, मुलुक डोहो¥याउने जिम्मेवारी पाएका राजनीतिक दलको गतिविधिले आम जनमानसमा निराशा छर्ने काम गरिरहेको छ । संसद् बैठक अवरुद्ध र एमसीसी परियोजनाका नाममा भैरहेको राजनीतिले किनारा पाउला भन्ने आम अपेक्षाको बेवास्ता गर्दै दलहरु राजनीतिक स्वार्थमा केन्द्रित बन्दा यसले समस्यालाई जटिल बनाइरहेको छ । यी विषयलाई निष्कर्षमा पु¥याउन राष्ट्रिय सहमतिको विकल्प नै छैन, तर पनि दलहरु यसबारे छलफल गर्न आनकानी गरिरहेका छन् । हरेक गतिविधिलाई राजनीति सोचले विश्लेषण गर्र्ने दलहरुले यस्ता महत्वका विषयमा पनि दलगत स्वार्थलाई प्रधान मान्नु असल राजनीतिक संस्कार भन्न सकिँदैन । जनताका लागि नै राजनीति गरेका भन्नेहरुले कम्तिमा यी विषयलाई हेक्का राख्दै मुलुकमा राम्रो राजनीतिक संस्कार कायम राख्नु आवश्यक छ । प्राइमटाइम न्यूजका हेडलाइन्स १. नेकपा एमाले सत्ता गठबन्धन टुटाउन प्रयासरत रहेको माओवादी अध्यक्ष प्रचण्डको आरोप, गठबन्धन सरकार आयु लामो रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको दाबी । २. एमसीसीबारे दलहरुको आफ्नै अडान, छलफलका लागि तयार रहेको कांग्रेसको भनाइ, यथास्थितिमा पारित गर्न नहुने लाइनमा माओवादी, एमाले भने पर्ख र हेरको रणनीतिमा । ३. खेतीको सिजनमा मल अभाव हुने किसानको समस्या उस्तै, जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले समस्या बढ्यो, सरकार उदासिन बन्दा अभाव कायमै रहने खतरा बढेको विश्लेषण । ४. ए डिभिजन लिगमा विभागीय टिम एपीएफ क्लबको पहिलो जित, फ्रेन्ड्स क्लब तीन शून्य गोलअन्तरले पराजित, प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश २ माथि एपीएफको प्रभावशाली जित । ५. र, म्यानमारमा सेनाले ४० जनाको सामूहिक हत्या गरेको खुलासा, मृतकको शब सामूहिक चिहानमा गाडिएको अध्ययन प्रतिवेदनमा उल्लेख । SUBSCRIBE: /user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@ news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

الفئة

عرض المزيد

تعليقات - 3